म्याग्दी, कात्तिक ९ । म्याग्दीको बेनी नगरपालिका–३ गाोश्वारामा उत्पादित टिम्बुरले बजार नपाउँदा स्थानीय निरास भएका छन् । यहाँ खेतबारी र वनजंगलमा ठूलो मात्रामा टिम्बुर उत्पादन हुने गरेको छ ।
टिम्बुर खेतीका लागि प्रचुर सम्भावना रहेको क्षेत्र भए पनि बर्षेनी फल्ने टिम्बुरलाई घरायसी प्रयोजनबाहेक बिक्री गर्न नसक्दा स्थानीय आजआर्जनबाट समेत बञ्चित छन् ।
वन कार्यालयका सहायक वन अधिकृत एवम् टिम्बुरविज्ञ चन्द्रमणी सापकोटा भने जिल्लामा उत्पादन भइरहेको टिम्बुरको माग यूरोपबाट आउन थालेकाले अब यसले चाँडै अन्तर्राष्ट्रिय बजार पाउने बताए ।
म्याग्दीका २० गाविसमा उत्पादन उत्पादन हुने गरेको छ । अनुकूल मौसम र प्रर्याप्त हेरचाह भए जिल्लामा वार्षिक २ हजार ६ सय केजी टिम्बुर उत्पादन हुने अनुमान वन कार्यालयको छ ।





प्रतिक्रिया दिनुहोस्