Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


डडेल्धुराका पर्यटकीय स्थलमा पर्यटकको संख्या बढ्यो


0
Shares

डडेल्धुरा, कात्तिक ९ । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ ।

पर्यटकलाई वस्ने सुविधाजनक बासको व्यवस्था भएसँगै डडेल्धुरामा पुग्ने बाह्य पर्यटकहरुको संख्या बढेको हो ।

सुदूरपश्चिमका अन्य पर्यटकीय स्थल अवलोकनपछि पनि पर्यटकहरु डडेल्धुरा आउने गरेका छन् ।

चाडपर्वका बेला धार्मिक, सांस्कृतिक गतिविधि बढी हुने यो समय प्राकृतिक दृष्यावलोकन पनि राम्रो हुने भएकाले डडेल्धुरा पर्यटकको रोजाई बन्दै गएको हो ।

पर्यटनका लागि सुदूरपश्चिममा प्रसिद्ध खप्तड क्षेत्र, बडिमालिका, अपी साईपाल हिमाल, प्राकृतिक ताल, गुफा, ¥याफ्टिङका लागि चर्चित पश्चिम सेती र महाकाली नदी आकर्षक मानिन्छन् ।