काठमाडौं, चैत १८ । बारा र पर्सामा आइतबारको भीषण हावाहुरीमा परी क्षति भएकाहरुको सहयोगका लागि विभिन्न क्षेत्रबाट राहत जुट्न थालेको छ ।
यसैक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संघीय सांसदहरुले बारा, पर्साका हावाहुरी प्रभावितका लागि एक दिन बराबरको तलब रकम सहयोग गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरुको एक दिनको तलब राहत कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन उपनेता सुवास नेम्वाङलाई निर्देशन दिएका थिए ।
राजपाले पाँच लाख सहयोग गर्ने
यसैगरी, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बारा र पर्सामा हावाहुरीपीडितका लागि पाँच लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
राजपा नेपाल अध्यक्षमन्डलका संयोजक शरत्सिंह भण्डारीले निकालेको विज्ञप्तिमा पार्टीको तर्फबाट पाँच लाख रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।
संकटका बेला राहत र उद्धारमा लाग्न राजपाले कार्यकर्तालाई आग्रह गरेको छ । नेता–कार्यकर्ताहरुलाई राहत सहयोग संकलन गरी पीडित परिवारलाई सहयोग गर्न पनि आग्रह गरिएको छ ।
प्राकृतिक विपत्तिको घडीमा प्रदेश नम्बर–२ सरकारले देखाएको तत्परताको प्रशंसा गर्दै राजपाले संघीय सरकारलाई समेत राहत र उद्धारमा जुट्न आग्रह गरेको छ ।
राजपाले दुःखको घडीमा सहयोग गर्न आम नागरिक, व्यवसायी, उद्योगी, संघ–संस्था र देश–विदेशमा रहेका नागरिकलाईसमेत आग्रह गरेको छ ।
घोषणा
यसैगरी, सांगीतिक समूह नेपथ्य र नेपालय संस्थाले पनि हावाहुरी प्रभावितहरुका लागि ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

“









प्रतिक्रिया दिनुहोस्