Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


शेयरबजारमा वियरिष ट्रेन्ड कायमै


0
Shares

काठमाडौं, कात्तिक ९ । मंगलबार पनि शेयरबजारमा वियरिष ट्रेन्ड कायमै रह्यो ।

यसदिन पनि बजार परिसूचक नेप्से १८ अंक बराबरले झरेर १७ सय ५१ मा आइपुग्यो । कारोबार भएका सबैजसो समूह ओरालो लागेसँगै नेप्सेमा उच्चदरले गिरावट आएको हो ।

बीमा समूहमा सबैभन्दा उच्च १ सय ३३ अंकको गिरावट आयो । होटल समूह पनि ३५ अंकले झर्‍यो । वाणिज्य बैंक समूहमा १९ अंकको गिरावट आयो । विकास बैंक समूह १७ अंकले ओर्लियो । वित्त र जलविद्युत् समूह सामान्य अंकले घटे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २७ कम्पनीको ७ लाख ६४ हजार कित्ता शेयर ७२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।