Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


नेपाल उद्योग परिसंघको प्रबुद्ध परिषद्को घोषणा, को-को छन् ?


0
Shares

काठमाडौं, कात्तिक १० । नेपाल उद्योग परिसंघले ‘परिसंघ प्रबुद्ध परिषद्’ गठन गरेको छ । परिसंघले राजधानीमा एक कार्यक्रम गरी परिषद्को घोषणा गरेको हो ।

परिसंघले संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि–राजदूत एवं आर्थिक कुटनीतिज्ञ प्रा.डा. शम्भुराम सिम्खडाको संयोजकत्वमा १५ सदस्यीय प्रबुद्ध परिषद् गठन गरेको हो ।

परिषद्मा शंकरप्रसाद कोइराला, उमाकान्त झा, डा. शंकरप्रसाद शर्मा, प्रा. डा. गोविन्दराज पोखरेल, डा. बिन्दु लोहनी, पुरुषोत्तम ओझा, कृष्ण ज्ञवाली, किशोर थापा, सुरेशमान श्रेष्ठ, प्रा. डा. सुवास केसी, हिमालय थापा, डा. गोविन्दप्रसाद थापा, प्रा.डा. मीना वैद्य मल्ल र डा. विश्व पौडेल रहेका छन् ।

परिसंघका अध्यक्ष अध्यक्ष हरिभक्त शर्माले औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्दै आर्थिक विकासलाई तीव्रता दिन उपयुक्त नीति–निर्माण, पैरवी तथा सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण बनाउन परिषद्ले सहयोग पु¥याउने बताए ।

परिसंघलाई थप सशक्तिकरण गर्दै मुलुकको बद्लिँदो राजनीतिक, आर्थिक एवं औद्योगिक तथा व्यावसायिक वातावरणको भरपर्दो आधारशीला निर्माण गर्न परिषद् गठन गरिएको परिसंघले जनाएको छ ।