Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


सिन्डिकेट तोड्दै बस चल्यो


0
Shares

डिल्लीराज पन्त (इमेज)

कन्चनपुर, कात्तिक ११ । कन्चनपुरमा एक सातादेखि बन्द रहेको नमस्ते शुक्लाफाँटा यातायात प्रालि फेरि सन्चालनमा आएको छ ।

कन्चनपुर प्रशासनले सर्वपक्षीय बैठकबाट शुक्लाफाँटा यातायात, यातायात व्यवस्था नियमावलीअनुरुप सन्चालन भए/नभएकोबारे भौतिक योजना तथा निर्माण मन्त्रालयमा जानकारी गराएको र बुधबार सो यातायातको सम्पूर्ण प्रक्रिया नियम–संगत भएको पत्र प्राप्त गरेपछि विहीबारदेखि यातायात सुचारु भएको बताइएको छ ।

असोज २८ गतेबाट सन्चालनमा आएपनि महाकाली र पवनदूत यातायात व्यवसायीले विरोध जनाएपछि शुक्लाफाँटा यातायात सन्चालन रोकिएको थियो ।

उनीहरुले शुक्लाफाँटाको कागजात नक्कली भएको भन्दै अवरोध गरेका थिए ।