Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


साताको अन्तिम दिन विहीबार शेयरबजार सकारात्मक


0
Shares

काठमाडौं, कात्तिक ११ । पछिल्ला दिन निरन्तरजसो वियरिष ट्रेन्डमा रहँदै आएको शेयरबजार साताको अन्तिम दिन विहीबार सामान्य अंकले सकारात्मक रह्यो ।

साताभर ओरालो लागेको नेप्से कमसेकम तिहारको लामो बिदाअघि भने सकारात्मक रहेर थामियो । नेप्से ६ अंकले उकालो लागेर १७ सय ५९ कायम भएर थामियो ।

कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहेसँगै नेप्से सुधारिन पुगेको हो । विकास बैंक, जलविद्युत्, वाणिज्य बैंक र अन्य समूह सकारात्मक रहे ।

विकास बैंक समूह सबैभन्दा उच्च १८ अंकले, जलविद्युत् समूह १५ अंकले अनि वाणिज्य बैंक समूह ८ अंकले उकालो लागे । बिमा, होटल र वित्त समूह भने ओरालो लागे ।

बीमा समूह सबैभन्दा उच्च ४१ अंकले झर्‍यो । होटल समूह १५ अंकले ओरालो लाग्यो । वित्त समूह सामान्य अंकलेमात्र ऋणात्मक रहन गयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३६ कम्पनीको १० लाख बराबर कित्ता शेयर ७० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।