Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


संखुवासभामा उत्पादित लोक्ता र अर्गेली निकासीसँगै मूल्यबृद्धि


0
Shares

संखुवासभा, कात्तिक १२ । संखुवासभामा उत्पादित लोक्ता र अर्गेली निकासी हुन थालेको छ ।

स्थानीय कागज उद्योगले भनेजस्तो मुल्य नदिएपछि बाहिरी जिल्लामा निकासी सुरु गरिएको स्थानीय ब्यापारीहरुको भनाइ छ । जिल्ला बाहिर निकासी सुरु भएसँगै प्रतिकेजि एक सय रुपैयाँमा बिक्री हुँदै आएको लोक्ता र अर्गेली १ सय ५० रुपैयाँसम्ममा बिक्री हुन थालेको छ ।

संखुवासभामा उत्पादित लोक्ता र अर्गेली धनकुटा, झापा, मोरङ, सुनसरी र काठमाडौंसम्म पुग्ने गरेको छ । यो वर्ष करिब ५० टनको हाराहारीमा जिल्ला बाहिर निकासी गरिने स्थानीय ब्यापारीको भनाइ छ ।

लोक्ता र अर्गेली नेपाली हाते कागज तथा जापानी येन निर्माणमा प्रयोग हुने गरेको छ । जिल्लाका तामाफोक, मादी मुलखर्क, उम्लिङलगायतका स्थानमा लोक्ता र अर्गेली उत्पादन हुने गरेको छ ।