७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


दैनिक १० हजार ‘पीसीआर’ परीक्षण गर्ने तयारी : स्वास्थ्यमन्त्री


0
Shares

काठमाडौं, असार ६ । सरकारले प्रदेश प्रयोगशालाको क्षमता वृद्धि गर्दै दैनिक १० हजार ‘पीसीआर’ परीक्षण गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेभित्र दैनिक १० हजारजनाको परीक्षण गर्ने तयारी भइरहेको बताए ।

शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जनशक्ति व्यवस्थापन, प्रयोगशालालाई २४ घन्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडि बढाइएको बताए ।

मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको दाबी पनि गरे ।

विदेशबाट आउनेहरुको हकमा एउटा जहाजमा आउने सबैको पीसीआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई ‘होम क्वारेन्टिन’मा पठाइने उनको भनाइ थियो ।

तर, जहाजमा आउनेमध्ये एकजनाकोमात्रै पनि पीसीआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वारेन्टिनमा राखिने स्वास्थ्यमन्त्री ढकालले बताए ।