फाइल फोटो
काठमाडौं, कात्तिक १२ । आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले कामपाले सडकमा एक हजार सात सय ८२ सौर्यबत्ती जडान गर्ने भएको छ ।
आगामी आइतबार लक्ष्मीपूजामा कामपाका ३५ ओटै वडामा बत्ती राख्ने तयारी पूरा भइसकेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
त्यसका लागि कामपाले सबै सडकमा खम्बा राखेर बत्ती पनि जडान गरिसकेको छ ।
रु २० करोड लागतमा राख्न लागिएको सौर्यबत्तीको कुल लागतमध्ये ६० प्रतिशत सरकारी अनुदान, १५ प्रतिशत स्थानीय र २५ प्रतिशत कामपाले लगानी गर्नेछ । रासस





प्रतिक्रिया दिनुहोस्