काठमाडौं, कात्तिक १२ । प्रभु इन्स्योरेन्स गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर दिने भएको छ ।
कम्पनीको शुक्रबार सम्पन्न २१औं वार्षिक साधारणसभाले उक्त निर्णय पारित गरेको हो ।
साथै, कम्पनीको पुँजीबृद्धिको लागि बोनस शेयर वितरणपश्चात कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा १४ करोड बढी खुद मुनाफा गरेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्