Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


राजेश हमाल ‘इन्डिका इजी’को ‘ब्रान्ड एम्बेसडर’


0
Shares

काठमाडौं, कात्तिक १२ । ‘इन्डिका इजी’को सद्भावना दूतमा नायक राजेश हमाल नियुक्त भएका छन् ।

इन्डिकाका उत्पादनको नेपालमा बिक्री–वितरण गर्दै आएको केभिन केयर प्रालिले इन्डिका इजी नामको कपाल रंगाउने नयाँ उत्पादनका लागि नायक हमाललाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको हो ।

कम्पनीले हालै राजधानीमा एक कार्यक्रम गरी इन्डिका इजी नामको उत्पादनको बजार प्रवेश गर्नुका साथै यस उत्पादनको नेपालका लागि नायक हमालालाई सद्भावना दूत बनाएको जानकारी गराएको हो ।

नेपालमा हेयर कलरका लागि स्थापित ब्रान्ड भइसकेको इन्डिका हेयर कलरको नयाँ उत्पादन इन्डिका इजी स्याम्पु बेस्ड लगाउन सजिलो भएकाले छिट्टै नै नेपाली उपभोक्ताको मन जित्ने विश्वास कम्पनीको छ ।