काठमाडौं, कात्तिक १२ । नेपाल आइसल्यान्ड आर्थिक सहकार्यमा जोड दिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा उद्यमी–व्यवसायीहरु र नेपालका लागि आइसल्यान्डका राजदूत थोरीर इब्सेनबीच शुक्रबार महासंघ सचिवालयमा भएको छलफलका क्रममा उक्त जोड दिइएको हो ।
सो असवरमा नेपाल आइसल्यान्ड आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका विषयमा बृहत् छलफल भएको महासंघले जनाएको छ ।
अत्यन्त न्यून आयात–निर्यात व्यापार रहेको नेपाल र आइसल्यान्डबीच आर्थिक अभिबृद्धिका लागि सम्भावना रहेको भन्दै यसका लागि जोड दिइएको महासंघले जनाएको छ ।
आर्थिक वर्ष २०१४/०१५ मा नेपालबाट आइसल्यान्डतर्फ १ लाख ५ हजार अमेरिकी डलर बराबरको नेपाली सामानहरु निर्यात भएको र त्यहाँबाट ४४ हजार अमेरिकी डलर बराबरको समान आयात गरिएको छ ।
नेपालबाट विशेषगरी हस्तकलाका सामाग्रीहरु निर्यात भएको र आइसल्यान्डबाट पेयपदार्थ तथा त्यसका लागि आवश्यक कच्चापदार्थहरु आयात भएको महासंघले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्