Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


४ लाख ६८ हजार घरधुरीसँग अनुदान सम्झौता


0
Shares

                                                               फाइल फोटो
काठमाडौं, कात्तिक १२ । सरकारले हालसम्म भूकम्पबाट अतिप्रभावित जिल्लाहरुमध्ये १२ जिल्लाका ४ लाख ६८ हजार बराबर घरधुरीहरुसँग निजी आवास पुनःनिर्माणका लागि सम्झौता भएको जनाएको छ ।

स्थानीय विकास मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी यसदिनसम्म ४ लाख ६८ हजार १ सय २९ घरधुरीहरुसँग अनुदान सम्झौता भइसकेको जानकारी गराएको हो ।

यीमध्ये ४ लाख २५ हजार ६ सय ४२ घरधुरीले पहिलो किस्ता भुक्तानी लिइसकेको पनि मन्त्रालयले जनाएको छ ।