२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


राष्ट्रिय पोशाकको हैसियत सरकारले खोसे पनि दौरा सुरुवाल लगाउनेको संख्या बढ्दो


0
Shares

काठमाडौं, कात्तिक १३ । सरकारले दौरा सुरुवालको ‘राष्ट्रिय पोसाक’को हैसियत खोसे पनि त्यसलाई अपनाउनेहरुको संख्या देखिने गरी बढ्न थालेको छ ।

खासगरी पुष्पकमल दाहाल र केही अपवादका साथ माओवादीले यो पोसाकको बहिष्कार गरेपछि प्रतिक्रियास्वरुप त्यसका पक्षमा जनमत बढेको अडकलबाजी पनि भएको छ ।

धनकुटा नगरपालिका–५ तल्लो कोप्चेका जयन्द्र प्रधानलाई दौरा सुरुवालप्रति औधी मोह छ । भोज होस् या सभासमारोह, धार्मिक कार्य र पारिवारिक भेटघाट सबैमा सकेसम्म दौरा सुरुवाल र ढाका टोपीको पहिरन रोज्छन् उनी ।

उनले पोहर साल दौरा सुरुवालको कपडा किनेर स्थानीय टेलरमा सिलाउन दिए । करिब चार महिनापछि मात्रै उनले दौरा सुरुवाल पाए ।

लगाउने बढे तर सिलाउने मान्छे चाहीँ हत्तपत्त पाइदैंनन् ।

बीचका केही वर्षमा घटेको दौरा–सुरुवाल मोह पछिल्ला वर्षमा युवामाझ फेसनकै रुपमा विकास हुँदैछ । –अन्नपूर्ण पोस्ट दैनिकबाट