Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


हिन्दुराष्ट्र पुनर्स्थापना सबै नेपालीको माग : कमल थापा


0
Shares

हेटौंडा, चैत १७ । राप्रपा अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनर्स्थापनाको माग आफ्नो पार्टीको मात्र नभएर समस्त नेपालीको भएको दाबी गरेका छन् ।

हेटौंडामा आज हिन्दुराष्ट्रका लागि हस्ताक्षर कार्यक्रमको शुरुवात गर्दै उनले राष्ट्रियताको जग बलियो बनाउन र देशलाई भावनात्मक एकतामा बाँध्न मुलुकलाई हिन्दूराष्ट्र बनाउनु पर्ने बताए ।

माग सम्बोधन नभए स्थानीय, प्रदेश र केन्द्रमा आन्दोलन गर्ने भन्दै थापाले हिन्दुराष्ट्रको पक्षमा २० लाख जनताको हस्ताक्षर संकलन गरिने बताए ।