काठमाडौं, कात्तिक १३ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले विभिन्न सन्चारमाध्यमलाई उद्योगकोरुपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल भाषाको नयाँ साप्ताहिक पत्रिका ‘तिकि झ्याः’को शनिबार राजधानीमा विमोचन गर्दै उद्योगमन्त्री जोशीले मातृभाषामा सन्चालित सन्चारमाध्यम पनि अब व्यावसायिक बन्नुपर्ने बताए ।
उनले भातृभाषाको विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक पुष्कर माथेमाले नेपाल भाषाको पत्रकारिताको इतिहास एक सय वर्ष पुग्न लागेपनि वितरणको समस्याका कारण व्यावसायिक हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
नेवाः देय दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल भाषा मंका खलःका सचिव नरेशवीर शाक्यलगायतले नयाँ पत्रिकाको सफलताको शुभकामना व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्