रविन भट्टराई (इमेज)
ताप्लेजुङ, कात्तिक १३ । केन्द्रीय प्रसारणलाइनको विद्युत् नपुगेको पूर्वको एकमात्र जिल्ला ताप्लेजुङमा पनि शनिबार केन्द्रीय प्रसारणलाइनको विद्युत् जडान गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण र ताप्लेजुङमा विद्युतीकरणका लागि युवा सरोकार समितिको सक्रियतामा विद्युत्लाइन जडान गरी परीक्षण गरिएको हो ।
यसअघि, ताप्लेजुङमा साना जलविद्युत् आयोजनाबाट विद्युत् प्रवाह गरिँदै आएको थियो ।





प्रतिक्रिया दिनुहोस्