काठमाडौं, कात्तिक १३ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना आयोजित गोदावरी मेला शनिबार सकिएको छ ।
मेलाको ३६ हजारजनाले अवलोकन गरेको र ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।
गत वर्षहरुको तुलनामा यो वर्षको मेलामा कारोबार बढी भएको संघले जनाएको छ । संघले हरेक वर्ष तिहार पर्वलक्षित गरी मेला आयोजना गर्दै आइरहेको छ ।
मेलामा सहभागी व्यावसायीबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट नर्सरीलाई नगदसहित पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ३४ करोडको कारोबार भएको र पुष्प व्यावसायले ४१ हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको संघले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्