काठमाडौं, कात्तिक १४ । नेपाल राष्ट्र बैंकमा कति सुन होला ? धेरैको जिज्ञासा यस्तै हुन सक्छ । तर राष्ट्र बैंकमा भएको सुनबारे सजिलै आँकलन गर्नु मुस्किलको कुरा हो ।
धेरैले यति होला, उति होला भनेर अनुमान गर्ने गरेका छन् । तर यसमा सही अनुमान गर्छु भन्नेहरु पनि फेल खाने गरेका छन् । बैंक तथा वित्तीय संस्थामा काम गर्ने वा सरोकारवाला केन्द्रीय बैंकमा रहेको सुनबारे वास्तविक तथ्यांकको नजिक पुग्ने गर्छन् । सर्वसाधारण नागरिक भने राष्ट्र बैंकको ढुकुटीमा कति सुन छ भन्ने भेउ पाउन नसकेको बताउँछन् ।
राष्ट्र बैंकमा सर्वसाधारणले कल्पना गरेभन्दा बढी सुन रहेको खुलासा भएको छ । केन्द्रीय बैंकसँग करिब १० हजार किलो (१० टन) भन्दा बढी सुुन रहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए ।
राष्ट्र बैंकमा दुई तरिकाले सुन रहने गरेको जानकारी पनि उनले दिए ।
‘विभिन्न माध्यमबाट जफत भएको सुन राष्ट्र बैंकको ढुकुटीमा आउँछ,’ उनले भने, ‘यसैगरी बाहिरी मुलुकमा लगानी गरेर पनि सुन राष्ट्र बैंकले राखेको हुन्छ ।’ –नागरिक दैनिकबाट




प्रतिक्रिया दिनुहोस्