काठमाडौं, कात्तिक १४ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा । साँझ घरमा लक्ष्मीको पुजा गर्नेदेखि भाईटिकाको तयारी गर्नेहरुका कारण काठमाडौंका विभिन्न ठाउँमा मानिसहरुको भीडभाड देखिन्थ्यो ।
काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड, रत्नपार्क, माछापोखरी, कलंकी, कोटेश्वरलगायतका स्थानमा तिहार र लक्ष्मीपुजाका लागि पुजाका सामग्री बिक्री गर्ने र किन्नेहरुको भीड लागेको छ ।
बाटोमा गाईको गोबरदेखि कमल फूल बेच्नेहरुसम्मलाई भ्याइ–नभ्याइ छ । लक्ष्मीपूजाको लागि काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्यूरोड, दरबारमार्गलगायतलाई दुलही झै सिंगारिएको छ । ती क्षेत्रमा रहेको व्यापारिक प्रतिष्ठान तथा अन्य पसलहरुमा विभिन्न रंगका फूल तथा बत्तीहरुले सजावट गरिएको हो ।





प्रतिक्रिया दिनुहोस्