Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


एकल व्यक्तिको लगानीमा बिजुली उत्पादन, गाउँ झिलिमिली


0
Shares

                                                          फाइल फोटो

जाजरकोट, कात्तिक १४ । जाजरकोट, सक्ला गाविस–१ सेपुखोलामा शेरबहादुर नेपालीले आफ्नै लगानीमा बिजुली उत्पादन गरी गाउँ झिलिमिली बताएका छन् ।

करिब ५० भन्दा बढी घरधुरीमा विद्युत् सेवा सुचारु भएपछि गाउँ नै झिलिमिली भएको हो ।

स्थानीय पानीघट्टबाट डाइनामा जडान गरी विद्युत् उत्पादन गरिएको लगानीकर्ता नेपालीले बताए । घट्टबाट बेलुका ६ देखि बिहान ६ बजेसम्म बिजुली निकाल्ने गरिएको छ ।

घरघरमा बिजुली पुगेसँगै टीभी हेर्न, मोबाइल चार्ज गर्न र विद्यार्थीलाई पढ्न सजिलो भएको स्थानीय स्वास्थ्यचौकीका इन्चार्ज वीरराज सिंहले बताए ।

यसअघि सो गाउँका बासिन्दाले सोलार र दियालोको उज्यालोमा जीवन गुजारा गर्नुपरेको थियो ।

बिजुली निकाल्न रु तीन लाखभन्दा बढी खर्च भएको नेपालीले बताए । रासस