Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


पोखरामा मिठाइको व्यापार बढ्यो


0
Shares

पोखरा, कात्तिक १४ । तिहारको अवसरमा पोखरामा मिठाइको व्यापार बढेको छ ।

यसअघि घरमा मिठाइ बनाउँदै आएका उपभोक्ताहरुको आकर्षण मिठाइ पसलतर्फ बढेको हो ।

पोखरास्थित मारवाडी सेवा भोजनालय, आँगन, देउरालीलगायतका मिठाइ पसलले यो वर्ष करिब ९० प्रकारका मिठाइहरु बिक्रीका लागि राखेका छन् ।

मिठाइको मूल्य प्रतिकिलो ८५० देखि ९५० सम्म रहेको छ ।

तिहारभरलाई लक्षित गरी सात दिनसम्म नबिग्रने गरी व्यवसायीहरुले मिठाइका परिकार बनाएको व्यवसायी प्रेमचन्द्र उपाध्यायले बताए ।

उपभोक्ताहरुले भने मिठाइ उत्पादन तथा बिक्रीमा प्रशासनले बेवास्ता गर्दा गुणस्तर र मूल्य मनलागी भएको गुनासो गरेका छन् ।