Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


पाल्पाली ढाका पसलमा चहलपहल


0
Shares

पाल्पा, कात्तिक १५ । पाल्पाका ढाका पसलहरुमा भाई टीकाका लागि भनेर टोपी किन्न दिदीबहिनीको चहलपहल बढेको छ ।

भाई टीकाको दिन दिदीबहिनीले दाजुभाईलाई निधारमा सप्तरङ्गी टीका, मखमली, गुर्दउली फूलको माला र शीरमा राम्रो ढाका टोपी लगाउने परम्परा छ । भाई टीकाको दिन दिदीबहिनीले दाजुभाईलाई ढाका टोपी, आस्कोट र दाजुभाईले दिदीबहिनीलाई चोलो, पछ्यौरा लगायतका सरसमान एकापसमा उपहार आदान प्रदानको लागि पाल्पाली ढाकाका सरसमान किन्ने पुरानो परम्परा नै छ ।

स्वदेशीदेखि विदेशी पर्यटकका लागि पाल्पाली ढाका उपहार र चिनो दिने वस्तुको रुपमै प्रख्यात हुँदै गएको छ । तानसेनमा मात्र हाल करिब १० वटा ठूला ढाका उद्योग छन् भने जिल्लाभरी नै घरेलु तानबाट ढाका बुन्ने संख्या दिनहुँ बढिरहेका छन् ।

एउटा पाल्पाली ढाका टोपीको मूल्य ७० देखि ५ सय रुपैयाँसम्म पर्दछ ।