Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


परीक्षामा भएको लापरवाही विरुद्ध नेवि संघको प्रदर्शन, ११ जना विद्यार्थी पक्राउ


0
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंको मध्य बानेश्वरमा गरेको विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ ।

पोखरा विश्वविद्यालय अन्तरगतका कलेजहरुको लापरवाहीका कारण परीक्षा दिनबाट बञ्चित ३ सय बढी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नदिन नेविसंघले थालेको आन्दोलनमा प्रहरीले धरपकड गरेको हो ।

मध्य बानेश्वरको एपेक्स कलेज अगाडीबाट प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरु नवराज त्रिपाठीसहित ११ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मनिष सिंखडा, सुजन कडेल लगायत छन् । नेविसंघका विद्यार्थीले एपेक्स ,टाईम्स, राजधानी लगायतका   कलेजमा माफिया पेन्टिङ  गरेका थिए ।