Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


सीडीओलाई नायक राजेश हमालले बैंक खाता खोलाए !


0
Shares

सुनसरी, कात्तिक १८ । एनएमबी बैंकले पूर्वाञ्चलमा ‘एक घर एक खाता’ अभियान सुरु गरेको छ ।

बैंकले विहीबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी एक घर एक खाताको औपचारिक सुरुआत गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँले बैंक खाता खोलेर अभियानको सुरुआत गरे । चापागाइँलाई बैकका सद्भावनादूत नायक राजेश हमालले खाता खोलाएका थिए ।

कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले पूर्वाञ्चलका सुनसरी, मोरङ, झापालगायतका पहाडी जिल्लामासमेत शाखा विस्तार गरी एक घर एक खाता अभियान लैजाने बताए ।

उनले प्रत्येक घर र नागरिकमा बैंकमा नगद बचत गरी सुनिश्चित भविष्यको परिकल्पना जगाउन एवं बैंकिङ सेवाको पहुँच विस्तारका लागि अभियान सन्चालन गरेको उल्लेख गरे ।

नायक राजेश हमालले बैंकमा नगद बचत गर्ने बानीले आफैंलाई फाइदा पु¥याउने भएकाले अनावश्यक खर्च गर्न छाडेर बैंकमा नगद जम्मा गर्न सबैलाई आग्रह गरे ।