Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


१७५ वर्ष पुरानो अष्ट्रियन कम्पनीको नेपालमा कार्यालय, जलविद्युत् उपकरणमा लगानी गर्ने


0
Shares

काठमाडौं, कात्तिक १८ । जलविद्युत् क्षेत्रमा १७५ वर्षको इतिहास बोकेको अस्ट्रियन कम्पनी ‘एन्ड्रिज हाइड्रो’ले नेपालमा आफ्नो कार्यालय स्थापना गर्ने घोषणा गरेको छ ।

विश्वभर ७० देशका २५० स्थानमा उत्पादन तथा सर्भिस सेन्टर रहेको कम्पनीले नेपालमा जलविद्युत्को विकासका लागि कार्यालय स्थापना गर्न लागेको जनाएको छ ।

एन्ड्रिज हाइड्रो इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोसेफ उल्मरले विहीबार काठमाडौंमा आयोजित ‘ग्राहक दिवस २०१६’को अवसरमा नेपालमा कार्यालय स्थापना गर्ने जानकारी दिए ।

कम्पनी करिब दुई दशकदेखि नेपालको नवीकरणीय उर्जाको क्षेत्रमा क्रियाशील रहेको उनले उल्लेख गरे ।

उनले नेपालको जलविद्युत् क्षमताअनुरुपको विद्युत् उत्पादन गर्न सकेमा प्रत्येक नेपालीको जीवनशैली फेरिनसक्ने बताए ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपालमा क्षमताअनुसारको विद्युत् विकास गर्न नसक्नु दुःखद् रहेको बताए ।

उनले जलविद्युत् क्षेत्रमा निजी एवं विदेशी लगानी आकर्षित गर्न आवश्यक नीति निर्माणमा सरकार लागिरहेको बताए ।

जलविद्युत् उत्पादनका लागि आवश्यकपर्ने उपकरण कम्पनीले उत्पादन गर्दै आएको छ ।

कम्पनीको नेपालमा कुल १ हजार मेगावाट क्षमताको परियोजनाहरुमा संलग्नता रहेको जनाइएको छ ।

नेपालको अपर तामाकोसी, मिडल भोटेकोसी, कुलेखानी–१ डिजास्टर प्रोजेक्टलगायत नेपालका १३ ओटा मझौला जलविद्युत् परियोजनाहरुमा कम्पनीको संलग्नता रहेको जनाइएको छ ।