२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


नयाँ नोटलाई झुत्रो बनाएर ल्याए राष्ट्र बैंकले नसाट्ने


0
Shares

काठमाडौं, कात्तिक १९ । दशैंतिहारका बेला संरक्षण नगरी झुत्रो पारेका नोटलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाले तत्काल सटही नगर्ने जनाएको छ ।

दशैंतिहार बीचको एक महिनामा सिद्धार्थनगर शाखाले ३ अर्ब २५ करोडका नयाँ नोट वितरण गरेको थियो ।

उक्त रकम लुम्बिनी अञ्चलसहित रोल्पा र प्युठान गरी ८ जिल्लाका ४ सय २४ वटा बैंक तथा वित्तीय संस्थामार्फत वितरण गरिएको हो ।

नयाँ नोट एक महिनामै फटालेर बैंकमा तत्काल जम्मा वा सटही गर्न नल्याउन बैंक एवं वित्तीय संस्थालाई आग्रह गरिएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए ।

अन्य महिनामा उक्त शाखाबाट मासिक औसत डेढ अर्ब पुराना नोटहरु वितरण हुने गरेको निर्देशक नेपालले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट