२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


भारतीय बिजुलीको भर छैन


0
Shares

काठमाडौं, कात्तिक १९ । भारतबाट बिजुली किनेर आगामी हिउँदको विद्युत संकट घटाउने सरकारी कार्यक्रम कार्यान्वयन नहुने निश्चित भएको छ ।

खुला बजारमा भारतले लगाएको रोक र अन्तरदेशीय प्रशारण लाइन निर्माणमा ढिलाइले समस्या देखिएको हो । आगामी हिउँदसम्म ६ मेगावाटसम्म बिजुली किन्ने सरकारको योजना छ ।

उक्त परिमाणको बिजुली किन्न ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइन २२० केभीमा चार्ज हुनेगरी काम सकिएर ढल्केवरमा २२० केभीको सबस्टेशन तयार हुनुपर्छ । अहिलेकै अवस्थामा त्यो सम्भव नदेखिएको प्राधिकरण अधिकारी बताउँछन् ।

नेपालले भारतबाट नदी सम्झौता, आदानप्रदान र व्यापार गरी ती किसिमले बिजुली आयात गर्ने गरेको छ । आदानप्रदानको नियमअनुसार आउने परिमाणमा समस्या नदेखिए पनि व्यापारिक दरमा बिजुली किन्न आवश्यक पूर्वाधार निर्माण भएका छैनन् । –नागरिक दैनिकबाट