Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


छठपर्वमा प्रयोग हुने सामग्रीको मूल्य आकासियो


0
Shares

लहान, कात्तिक १९ । छठपर्वका अवसरमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् ।

छठपर्वमा प्रसादकोरुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटाको भाँडाकुडालगायत समानको मूल्य झन्डै तीनगुना बढेको छ ।

यस्ता सामग्रीको मूल्य बढाइएपनि त्यसको नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयबासीको गुनासो छ ।

चाडपर्वको मौका छोपेर बजारमा व्यापारीले सामानको मूल्य मनपरी ढंगले बढाइए पनि अनुगमन गरी कारबाही गर्ने निकाय मुकदर्शक बनेको सिरहा, नहरा–रिगौलका शंकर यादवको आरोप छ ।

सूर्यको अराधना गरी मनाइने यो पर्वको तयारी सिरहामा तीव्र भएको छ । विजयदशमी र दिपावली सकिएपछि स्थानीयबासी छठपर्वका लागि ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन व्यस्त भएका छन् ।

उनीहरुले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाएर सजाउने कामलाई तीव्रता दिएका छन् । रासस