Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


स्रोत नखुलेको २० लाख नगदसहित पक्राउ


0
Shares

काठमाडौं, चैत १६ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले शनिबार बिहान रौतहटबाट काठमाडौं आउँदै गरेको ना५ख २२३३ नम्बरको बस जाँच गर्नेक्रममा सो बसमा सवार २३ वर्षीय रूबोधकुमार यादवलाई स्रोत नखुलेको रु २० लाख नगदसहित पक्राउ गरेको छ ।

रौतहटको राजदेवी नगरपालिका–७ घर भएका यादवलाई आफूले बोकेको सो नगदको स्रोत खुलाउन नसकेको हुँदा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । रासस