काठमाडौं, कात्तिक १९ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी एवं नेपाल भ्रमणमा रहेको चीनको यूनान प्रान्तका वाणिज्य विभागका उपमहानिर्देशक याङ हुईको नेतृत्वमा आएको ६ सदस्यीय प्रतिनिधिमन्डलबीच शुक्रबार महासंघमा लगानी सम्भाव्यतासम्बन्धी छलफल भएको छ ।
नेपालमा जल संरक्षण, ऊर्जा, सडक, पुल, पूर्वाधार निर्माण, लगानी तथा आयात–निर्यातका क्षेत्रमा आपसी सहकार्यका सम्भाव्यताबारे निजी क्षेत्रसँग छलफल गर्न चिनियाँ प्रतिनिधिमन्डल महासंघ सचिवालयमा आएको महासंघले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्