Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


विगत २० वर्षमा ३६ लाख घरधुरी वैकल्पिक उर्जाबाट लाभान्वित भएको दाबी


0
Shares

काठमाडौं, कात्तिक १९ । वैकल्पिक ऊर्जाबाट हालसम्म ३६ लाख घरधुरी लाभान्वित भएका छन् ।

वैकल्पिक ऊर्जाको पहुँच साढे २ प्रतिशतबाट १५ प्रतिशत पुर्‍याउने सरकारी लक्ष्य रहेको छ ।

वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले २०औं वार्षिकोत्सवको अवसरमा शुक्रबार उक्त लक्ष्य सार्वजनिक गरेको हो ।

केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले हाल २ दशमलव ६ प्रतिशतमा रहेको वैकल्पिक ऊर्जाको पहुँच आगामी दिनमा १५ प्रतिशतसम्म पु¥याउने लक्ष्य रहेको बताएका हुन् ।

त्यस्तै, केन्द्रको प्रमुख कार्यक्षेत्रमा १० मेगावात सम्मका लघु तथा साना जलविद्युत्, सुधारिएको पानीघट्ट, सौर्यऊर्जा, जैविकऊर्जा, वायुऊर्जा, हाइड्रोजन इन्धन, फोहोरबाट ऊर्जा आदि प्रविधिहरुको प्रवद्र्धन तथा विस्तार गर्नु रहेको उनले बताए ।

पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले वैकल्पिक ऊर्जा गरिबहरुको ऊर्जा रहेको बताउँदै नेपालले वैकल्पिक ऊर्जाको प्रविधिको क्षेत्रमा अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले वैकल्पिक ऊर्जाअन्तर्गत्को वायोग्यासलाई ऊर्जाकोरुपमामात्र नभइ मानव स्वास्थ्यको दृष्टिकोणलेसमेत हेर्नुपर्ने बताए ।

नेपालमा नयाँ प्रविधिको विकास गरी विदेशमासमेत निर्यात गर्नुपर्नेमा सहभागीहरुले जोड दिए ।

पूर्वमन्त्री तथा सांसद सुरेन्द्र चौधरीले वैकल्पिक ऊर्जाको पहुँचले नेपालका ग्रामीण क्षेत्रका जनताको जीवनशैलीमा आमूल परिवर्तन आएको जिकिर गरे ।

केन्द्रले हालसम्म २७ हजार ८७४ किलोवाट लघु तथा साना जलविद्युत्, १० हजार ५९४ सुधारिएको घट्ट, ६ लाख १७ हजार ४६६ घरेलु सौर्यप्रणाली, १ लाख २ हजार १९ साना सौर्यविद्युत् प्रणाली र १ हजार ४६७ संस्थागत सौर्यविद्युत् प्रणाली जडान गरिसकेको जनाएको छ ।