Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


महाकाली–मेची साइकल यात्रा सुरु


0
Shares

कन्चनपुर, कात्तिक २० । नेपालमा विभिन्न भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई फोटो पत्रकारिताका माध्यमबाट अगाडि बढाउने उद्देश्यले महाकाली–मेची साइकल यात्रा सुरु भएको छ ।

फोटो पत्रकार उषा तितिक्षुले शनिबारदेखि महाकाली–मेची साइकल यात्रा सुरु गरेकी हुन् ।

कन्चनपुरको दोधारा झोलुंगेपुलनजिकबाट सुरु भएको साइकल यात्रा चार महिनापछि मेची पुगेर समापान हुनेछ ।

चार महिनाको अवधिमा नेपालका विभिन्न भौगोलिक र पर्यटकीयस्थलको फोटो खिच्ने उनले जनाएकी छन् ।

यसरी खिचिएका फोटोहरुको प्रदर्शनीसमेत गरिनेछ ।