
काठमाडौं, कात्तिक २१ । नेपालका पाँचतारे होटेल परिसरमा खुलेका क्यासिनोमा धमाधम विदेशी लगानी भित्रन थालेको छ ।
सरकारले २०७० मा ल्याएको क्यासिनो नियमावलीको पालना गर्दैनौं भनेर नेपाली लगानीकर्ता पछाडी हटेका कारण विदेशी लगानीकर्ता आकर्षित हुन थालेका हुन् ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागका प्रबक्ता दुर्गादत्त ढकालले नेपालमा पछिल्लो समय धमाधम विदेशी लगानीकर्ता आउन थालेको जानकारी दिए ।
साग्रिला होटेलमा क्यासिनो मिलेयिर्स क्लबबाट सुरु भएको विदेशी लगानीकर्ता पछिल्लो समय सोल्टी होटेलमा माजोङ, हायात रिजेन्सीमा प्राइड सन्चालनमा रहेको छ भने अन्नपूर्ण होटलमा क्यासिनो इम्पेरियलले आवश्यक तयारी गरिरहेको छ ।
नेपालमा आएका विदेशी क्यासिनोको लगानीमा सांग्रिला होटलमा रहेको लगानी हङकङको हो भने बाँकी तीनवटामा भारतीय लगानीकर्ता भित्रिएको विभागको भनाइ छ ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्