लमजुङ, कात्तिक २१ । लमजुङस्थित माथिल्लो मस्र्याङ्दी–‘ए’ जलविद्युत आयोजनाबाट फेरि विद्युत् उत्पादन थालिएको छ ।
मर्मतकै लागि धेरै समय लाग्दा आयोजना ठप्प भएको थियो । गत असोज १० गते व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु गरिएपनि ११ गतेबाटै उत्पादन बन्द गरि मर्मत गर्नु परेको थियो ।
५० मेगावाट क्षमताको आयोजनाले शुक्रबार साँझबाट २५ मेगावाट विद्युत उत्पादन थालेको जनसम्पर्क अधिकृत कर्ण अधिकारीले जानकारी दिनुभयो । उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिसकिएको छ ।
आयोजनाको टनेल लगायतका क्षेत्रमा समस्या देखिएपछि उत्पादन रोकेर मर्मत गर्नुपरेको थियो ।
नेपाल विद्युत प्राधीकरणका अनुसार माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाको विद्युत १३२ केभीको राष्ट्रिय प्रसारण लाइनमा जडान भएपछि लमजुङका अरु स–साना आयोजनाबाट उत्पादित विद्युत झिकिएको छ ।
माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सिनोहाइड्रो–सगरमाथा पावर कम्पनीले निर्माण गरेको हो ।
आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो होइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी छ ।
आयोजनाले सुख्खायाम अर्थात पुसदेखि चैतसम्ममा ५ करोड ७० लाख युनिट र वर्षायाममा २६ करोड ६ लाख युनिट गरी एक वर्षमा कुल ३१ करोड ७६ लाख युनिट विजुली उत्पादन गर्ने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्