Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


नेपाल र मेलेसियाका चेम्बरबीच समझदारी


0
Shares

काठमाडौं, कात्तिक २१ । नेपाल चेम्वर अफ कमर्स र नेशनल चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिज मलेशिया बीच दुई देशबीच व्यापार तथा लगानी अभिबृद्धिमा सहयोग पुर्याउने सम्बन्धी समझदारी भएको छ ।

आइतबार यससम्बन्धी द्विपक्षीय समझदारी भएको चेम्बरले जनाएको हो । सो अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले मलेशियाली उद्योग वाणिज्य संघका पदाधिकारीसँग नेपालमा लगानी बिस्तार गर्न आग्रह गरेको पनि जनाइएको छ ।

श्रेष्ठले नेपालमा राजनीतिक स्थायित्व भई लगानीको वातावरण बन्दै गएकोले नेपालमा लगानी गर्न मलेशियाका व्यवासायीहरुलाई अनुरोध गरेका हुन् ।

समझदारीले दुई देशबीचको आर्थिक सम्बन्ध अझ सुदृढ हुने चेम्बरले विश्वास व्यक्त गरेको छ ।