२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


चौबिस किलो चरेशसहित भारतीय नागरिक पक्राउ


0
Shares

पर्सा । जिल्ला प्रहरी कार्यालयले आज वीरगञ्जको नयाँ बसपार्कबाट भारी परिमाणमा रहेको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पूर्व सूचनाको आधारमा प्रहरीले २४ किलो चरशेसहित भारतको कोलकता शिविपुर निवासी वर्ष ३० का सहनवाद अब्दुललाई पक्राउ गरेको हो ।

नियमित जाँचका क्रममा वीरगञ्जबाट भारत तर्फ जाँर्दै गरेका अब्दुललाई रोकी जाँच गर्दा चरेश बरामद भएपछि आवश्यक अनुसन्धनाका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । रासस