२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


नाकको प्वालमा लुकाएर लागुऔषधको कारोबार !


0
Shares

काठमाडौं, कात्तिक २२ । रुपैडियाबाट नाकको प्वाल (पोरा) मा लुकाएर लागुऔषध ल्याउँदै गरेका ३८ वर्षीय मेहन्दी हसनलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

मेहन्दी हसनको हाउभाउले लागुऔषध प्रयोगकर्ता वा विक्रेता भएको आशंका लागेर चेकजाँच गर्दा नाकको प्वालमा लागुऔषध लुकाएको पाइएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले बताए ।

शंका लागेर उनको शरीर खानतलासी गर्दा नाकको प्वालमा पाँचसय मिलिग्राम ब्राउनसुगर फेला परेको क्षेत्रीले बताए । ‘नभिज्नेगरी प्लास्टिकले बेरेर नाकको प्वालमा राखेको अवस्थामा ब्राउनसुगर फेला पार्न सफल भयौं,’ उनले भने ।

जाँच गर्ने क्रममा मेहन्दी हसन आत्तिएपछि केरकार र शरीरमा खोजतलास गरेको क्षेत्रीले बताए । –नयाँ पत्रिका दैनिकबाट