Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


‘सार्क राष्ट्रको विकासको मूख्य आधार कृषि, पर्यटन र उर्जा’


0
Shares

काठमाडौं, कात्तिक २२ । दक्षिण एसियाली राष्ट्रको विकासका लागि कृषि, पर्यटन र उर्जा मुख्य आधार भएकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

एसियाली विकास बैंक (एडीबी)ले सोमबार राजधानीमा गरेको दक्षिण एसियाली राष्ट्रहरुका आर्थिक विज्ञहरुको गोष्ठीका सहभागीहरुले दक्षिण एसियाली राष्ट्रको विकासका लागि कृषि, पर्यटन र उर्जा प्रमुख आधार भएकोमा जोड दिएका हुन् ।

उनीहरुले यस क्षेत्रको विकासको लागि एकता अपरिहार्य भएको भन्दै पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए । आर्थिक विकासका लागि यातायात प्रमुख आधार भएको उनीहरुको भनाइ थियो ।

गोष्ठीमा नेपाल, भारत, बंगलादेश, भुटानलगायतका देशका आर्थिक विज्ञहरु सहभागी छन् । गोष्ठीमा सार्क राष्ट्रको आर्थिक विकासका लागि एक अर्का देशको अनुभव आदान प्रदान गरिनुका साथै भावी रणनीतिका बारेमासमेत छलफल भइरहेको छ ।