Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


सुनको भाउ ४ सयले घट्यो


0
Shares

काठमाडौं, कात्तिक २२ । सोमबार सुनको मूल्यमा कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ आइतबार तोलामा २ सय रुपैयाँले बढेर ५७ हजार ७ सय रुपैयाँमा पुगेको थियो ।

चाँदीको भाउ पनि सोमबार तोलामा ५ रुपैयाँले कमी आएर ८ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ८७ डलर हाराहारीमा कारोबार भएको थियो ।