काठमाडौं, कात्तिक २२ । आइएमइले दसैं–तिहारलाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि सन्चालन गरेको उपहार योजना ‘हात हुँदैन खाली’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले साप्ताहिक लक्की ‘ड्र’का ४ जना विजेताहरुलाई यूएम पावरम्याक्स स्कुटर उपहार प्रदान गरेको हो ।
उपहार जित्नेमा मलेसियाबाट तिलकबहादुर श्रेष्ठ, आङ्नोर्बु शेर्पा, कतारबाट सुरेन्द्रप्रसाद थारु, र डेनमार्कबाट सरोज श्रेष्ठ रहेका छन् ।
विजेताले तोकेका प्रतिनिधिलाई कम्पनीले सोमबार उपहार हस्तान्तरण गरेको हो । साथै, कम्पनीले ३ सय ग्राहकहरुलाई दैनिक उपहारअन्तर्गत् चन्द्रागिरि केबलकारको दुई–दुईओटा टिकट प्रदान गर्यो ।
उक्त अवसरमा कम्पनीका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हतारमा लागू गरेको ‘फ्रि भिसा, फ्रि टिकट’का कारण हाल देशको रेमिट्यान्स घटेको बताए ।
सरकारले ल्याएको ‘फ्रि भिसा, फ्रि टिकट’ नारा आकर्षक भएपनि रेमिट्यान्समा भने यसले नकारात्मक असर पारेको उनले टिप्पणी गरे ।





प्रतिक्रिया दिनुहोस्