२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


स्वास्थ्य र शिक्षामा भन्दा धुम्रपान र मद्यपानमा नेपालीको खर्च बढी


0
Shares

काठमाडौं, कात्तिक २३ । नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने खर्च बढी छ ।

केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षण अनुसार सहरी क्षेत्रमा बस्ने एकजना मानिसले आफ्नो स्वास्थ्यका लागि एक वर्षमा चार हजार चार सय ३० रुपैयाँ खर्च गर्छन् भने मद्यपान र धुम्रपानमा पाँच हजार दुई सय ३१ रुपैयाँ खर्च गर्छन् ।

ग्रामिण क्षेत्रमा एक व्यक्तिले स्वास्थ्यका लागि दुई हजार पाँच सय ९२ रुपैयाँ र मद्यपान–धुम्रपानका लागि दुई हजार आठसय ३४ रुपैयाँ खर्च गर्ने गरेको सर्वेक्षणमा उल्लेख छ । –नयाँ पत्रिका दैनिकबाट