
काठमाडौं, कात्तिक २३ । सर्वोच्च अदालतले नेपाल बैंक लिमिटेडको कर्जा प्रवाह प्रकरणमा ५० करोड भ्रष्टाचार भएको ठहर गरेको छ ।
घोटाला प्रकरणमा बैंकका तत्कालिन नायव प्रवन्धक शेरबहादुर थापा, बैंक संचालक एवं ऋणीसहित डेढ दर्जनलाई भ्रष्टाचार बिगोको अनुपातमा एक महिनादेखि दुई वर्षसम्म जेल सजाय तोकिएको छ ।
थापालाई दुई वर्ष जेलसजाय र जरिवानाको सजाय तोक्ने गरी विशेष अदालतबाट भएको फैसलालाई सर्वोच्चले सदर गरेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्