वीरगन्ज । नारायणी अस्पतालमा कार्यरत डा। सचितानन्द यादवबाट कुटिएकी सुनीता यादवको शुक्रबार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ ।
सुनीता डा. यादवकी जेठी श्रीमती हुन् । अघिल्लो साताको बुधबार कुटिएकी उनलाई थप उपचारका लागि सोमबार राति काठमाडौँ रेफर गरिएको थियो ।
निरन्तर यातना पाउँदै आएकी सुनिताको माइती पक्षले बिहीबार उद्धार गरेको थियो । उनलाई आइतबार राति वीरगन्जको गण्डक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
सुनीताको माइती पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा डा. यादवविरुद्ध ज्यान मार्ने उद्योगको उजुरी दिएका छन् ।
सचितानन्दलाई प्रहरीले अनुसन्धानका लागि कार्यालय बोलाए पनि उनी सोमबारदेखि नै बिरामीको बहाना बनाएर नारायणी अस्पताल भर्ना भएको सुनीताका भाइ सन्तोष यादवले आरोप लगाएका छन् ।
बाराको परवानीपुर गाउँपालिका(५ बहुअरी निवासी ४३ वर्षीया सुनीताको १५ वर्ष अगाडि वीरगन्ज महानगरपालिका-२० हरपतगन्ज निवासी डा. यादवसँग विवाह भएको थियो
त्यसबेला २० लाख रुपैयाँ दाइजो दिएर दिदीको विवाह सम्पन्न भएको सुनीताका भाइ सन्तोषले बताए । -कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्