Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नक्कली प्रमाणपत्रको बिगबिगीः सरकारी जागिर खान नक्कली शैक्षिक प्रमाणपत्र


0
Shares

काठमाडौं । सरकारी शिक्षण संस्था, सुरक्षा निकाय र स्थानीय तहमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी बढेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययन विश्लेषण र छानविनका क्रममा शैक्षिक संस्था, प्रहरी र स्थानीय तहका अधिकारीहरुले जागिर खान र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गर्ने गरेको पाइएको हो ।

अख्तियारका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खानेमा पहिलो नम्बरमा शिक्षक, दोस्रो नम्बरमा प्रहरी र तेस्रो नम्बरमा स्थानीय तहका कर्मचारी छन् । 

निजामती क्षेत्रको प्राविधिक पदमा जागिर खानेहरुले पनि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने गरेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गर्नेहरुको संख्या धेरै छ ।

तिमध्ये अधिकांश भारतबाट शैक्षिक प्रमाणपत्र खरिद गरेर ल्याइएको पाइएको छ । -राजधानी दैनिकबाट