२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


भारु पाँच सय र हजारको नोट प्रतिबन्धित


0
Shares

काठमाडौं, कात्तिक २४ । भारत सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ राष्ट्रका नाममा गरेको टेलिभिजन सम्बोधनमा यस्तो घोषणा गरेका हुन् ।

कालोधन, भ्रष्टाचार र नक्कली नोटका कारण उत्पन्न समस्या हल गर्न भारतीय प्रधानमन्त्री मोदीले यस्तो घोषणा गरेका हुन् ।

अहिले भारतीय रुपैयाँ पाँच सय र एक हजारका नोट बोकिरहेका व्यक्तिहरुले नजिकको बैंक या पोस्टअफिसहरुमा लगेर डिपोजिट गर्न सक्ने मोदीले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट