२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


एटीएम सुरक्षित बनाउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन


0
Shares

काठमाडौं, कात्तिक २४ । केन्द्रीय बैंकले एटीएम कारोबारलाई थप सुरक्षित र विश्वासिलो बनाउन बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ ।

पछिल्लो समय एटीएमबाट पैसा चोरीका घटना बढ्दै गएपछि नियन्त्रणका लागि सुरक्षणका थप विधि अपनाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

मंगलबार आकस्मिक रुपमा वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीका संघहरुलाई केन्द्रीय कार्यालय बोलाएर राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

गभर्नर चिरञ्जीवी नेपाल उपस्थित बैठकमा नेपाल बैंकर्स, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र वित्त कम्पनी संघका अध्यक्ष र एक/एकजना प्रतिनिधि उपस्थित थिए । –कान्तिपुर दैनिकबाट