२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


कसले लुट्यो आधा अर्बको सौन्दर्य ?


0
Shares

काठमाडौं, कात्तिक २४ । सफा र चाक्ला लेन छुट्याइएका सडक । न खाल्डा, न कतै धुलो । हरियाली र गमलाको सजावटयुक्त फुटपाथ । व्यवस्थित बिजुली, टेलिफोन तार । साँझ सोलार बत्तीले झिलिमिली ।

२०७१ मंसिरताका राजधानीका सडकमा देखिएको यो सौन्दर्य अहिले सम्झनामा मात्र छ ।

सार्क शिखर सम्मेलनताका फेरिएको राजधानीको सौन्दर्य दुई वर्षमै हराएर उस्तै कुरुप भएको छ । सडकमा खाल्डै खाल्डा छन् । फुटपाथ उस्तै फोहोर देखिन्छ । सडकछेउका पर्खाल नानाथरी नाराले पोतिएका छन् । नाली हेरिसक्नु छैन ।

काठमाडौं महानगरपालिकाले नियमित सरसफाइ तथा रेखदेख गर्न नसक्दा करोडौं खर्चिएर गरिएको सजावट बालुवामा पानी भएको छ ।

सार्क सम्मेलनका बेला महानगरपालिका आफैंले राजधानीको सजावटका लागि भन्दै १८ करोड रुपैयाँको कार्यक्रम तय गरेको थियो ।

यता काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि सार्क सम्मेलन बेला ९ करोड रुपैयाँ खर्चिएको थियो । त्यसैगरी सडक विभागले पनि सार्क सम्मेलनका बेला पूर्वाधार तथा सजावटका लागि भन्दै ३४ करोड विनियोजन गरेको थियो ।  –नागरिक दैनिकबाट