बुटवल, चैत १५ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले गल्ती गरेको टिप्पणी गरेका छन् ।
शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा वैद्यले प्रतिबन्ध लगाएर समस्या समाधान नहुने भन्दै वार्ताबाटै समाधान खोज्नुपर्नेमा जोड दिए ।
सीके राउतलाई राजनीतिक शक्ति मान्ने र रेशम चौधरीलार्ई जेल हाल्ने निर्णय पनि राम्रो नभएको उनको भनाइ थियो ।
अध्यक्ष वैद्यले देशमा विकास र सुशासन कायम हुनसके चन्दलगायतका संगठन सरकारविरुद्ध उत्रिनुपर्ने अवस्थै नआउने बताए ।









प्रतिक्रिया दिनुहोस्